आजदेखि तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक सवारीलाई मात्र अनुमति
१ कात्तिक, काठमाडौं । चीनसँगको व्यापारिक आवागमन सहज बनाउने उद्देश्यसहित सिन्धुपाल्चोकस्थित तातोपानी नाका आजदेखि तीन दिनका लागि खुल्ने भएको छ। नाका कात्तिक १ देखि ३ गतेसम्म अस्थायी रूपमा सञ्चालनमा आउने भएको हो।