This story is not available in English, so you are reading it in Nepali.
१ कात्तिक, काठमाडौं । चीनसँगको व्यापारिक आवागमन सहज बनाउने उद्देश्यसहित सिन्धुपाल्चोकस्थित तातोपानी नाका आजदेखि तीन दिनका लागि खुल्ने भएको छ। नाका कात्तिक १ देखि ३ गतेसम्म अस्थायी रूपमा सञ्चालनमा आउने भएको हो।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका अनुसार उक्त अवधिमा नाकाबाट मालवाहक सवारीसाधनलाई मात्र आवतजावतको अनुमति दिइएको छ।
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साहका अनुसार नेपाली पक्षले गरेको आग्रहलाई सम्बोधन गर्दै चिनियाँ पक्षले नाका अस्थायी रूपमा खोल्ने निर्णय गरेको हो।
नाका सञ्चालनमा आएसँगै नेपाल–चीनबीचको व्यापारिक आवागमन सहज हुनुका साथै चाडपर्वका बेला आवश्यक वस्तुको आपूर्ति व्यवस्थापनमा समेत सहयोग पुग्ने अपेक्षा गरिएको छ।
Read online: https://ujyaalotoday.com/en/article/aj-dekhi-tin-dinaka-lagi-khuldai-tatopani-naka-malavahak-savari-lai-matra-anumat
Comments
No comments yet. Comments appear once an editor has approved them.