Independent journalism. A clearer Nepal.
About usGet in touch English नेपाली
Saturday, October 31, 2026 Nepal’s voice, for everyone
Ujyaalo Today News that brings light
The daily briefing
Nepal News

सल्यानमा जिप दुर्घटना : तीन जनाको मृत्यु, सात जना घाइते

सल्यानमा जिप दुर्घटना : तीन जनाको मृत्यु, सात जना घाइते

This story is not available in English, so you are reading it in Nepali.

१४ कात्तिक, सल्यान । सल्यानमा यात्रु बोकेको जिप दुर्घटना हुँदा तीन जनाको ज्यान गएको छ भने सात जना घाइते भएका छन् ।

शुक्रबार साँझ सिद्ध कुमाख गाउँपालिका–२ स्थित रातामाटेमा श्रीनगरबाट टाकुरा गाउँतर्फ जाँदै गरेको लु.१ ज २३६८ नम्बरको जिप अनियन्त्रित भई सडकबाट करिब १५० मिटर तल खोलामा खसेको हो ।

दुर्घटनापछि उद्धार गरिएका १० जना घाइतेलाई उपचारका लागि विभिन्न अस्पताल पुर्‍याइएको थियो । उपचारकै क्रममा तीन जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृत्यु हुनेमा सिद्ध कुमाख गाउँपालिका–२ की ४२ वर्षीया कृष्णी बस्नेत, ४५ वर्षीया सीता विक र ४३ वर्षीय साउने रोका रहेका छन् ।

दुर्घटनामा घाइते भएकामध्ये केहीको अवस्था थप उपचार आवश्यक पर्ने भएपछि दाङ र नेपालगञ्ज पठाइएको प्रहरीले जानकारी दिएको छ ।

घटनापछि प्रहरीले जिप चालक सिद्ध कुमाख गाउँपालिका–२ निवासी ३८ वर्षीय तिलक चलाउनेलाई नियन्त्रणमा लिएको छ । दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Comments

No comments yet. Comments appear once an editor has approved them.

Add a comment

Never shown. We use it only if we need to contact you about your comment.