१४ कात्तिक, सल्यान । सल्यानमा यात्रु बोकेको जिप दुर्घटना हुँदा तीन जनाको ज्यान गएको छ भने सात जना घाइते भएका छन् ।
शुक्रबार साँझ सिद्ध कुमाख गाउँपालिका–२ स्थित रातामाटेमा श्रीनगरबाट टाकुरा गाउँतर्फ जाँदै गरेको लु.१ ज २३६८ नम्बरको जिप अनियन्त्रित भई सडकबाट करिब १५० मिटर तल खोलामा खसेको हो ।
दुर्घटनापछि उद्धार गरिएका १० जना घाइतेलाई उपचारका लागि विभिन्न अस्पताल पुर्याइएको थियो । उपचारकै क्रममा तीन जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
मृत्यु हुनेमा सिद्ध कुमाख गाउँपालिका–२ की ४२ वर्षीया कृष्णी बस्नेत, ४५ वर्षीया सीता विक र ४३ वर्षीय साउने रोका रहेका छन् ।
दुर्घटनामा घाइते भएकामध्ये केहीको अवस्था थप उपचार आवश्यक पर्ने भएपछि दाङ र नेपालगञ्ज पठाइएको प्रहरीले जानकारी दिएको छ ।
घटनापछि प्रहरीले जिप चालक सिद्ध कुमाख गाउँपालिका–२ निवासी ३८ वर्षीय तिलक चलाउनेलाई नियन्त्रणमा लिएको छ । दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
अनलाइन पढ्नुहोस्: https://ujyaalotoday.com/article/salyanama-jip-durghatana-tin-jana-ko-mrityu-sat-jana-ghaite
प्रतिक्रिया
अहिलेसम्म प्रतिक्रिया छैन। सम्पादकले स्वीकृत गरेपछि प्रतिक्रिया देखिन्छन्।