स्वतन्त्र पत्रकारिता। स्पष्ट नेपाल।
हाम्रो बारेमासम्पर्क English नेपाली
शुक्रबार, १३ कार्तिक २०८३ नेपालको आवाज, सबैको लागि
उज्यालो टुडे उज्यालो ल्याउने समाचार
दैनिक समाचार
नेपाल समाचार

पक्राउ परेका सबै पत्रकार रिहा, प्रेस स्वतन्त्रताप्रति सरकार प्रतिबद्ध रहेको सञ्चारमन्त्रीको भनाइ

पक्राउ परेका सबै पत्रकार रिहा, प्रेस स्वतन्त्रताप्रति सरकार प्रतिबद्ध रहेको सञ्चारमन्त्रीको भनाइ

१३ कात्तिक, काठमाडौं । समाचार कक्षबाटै पत्रकारहरूलाई नियन्त्रणमा लिएपछि चौतर्फी आलोचना भइरहेका बेला सरकारले पक्राउ परेका सबै पत्रकार रिहा भएको जनाएको छ।

सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले शुक्रबार साँझ सामाजिक सञ्जाल फेसबुकमार्फत पक्राउ परेका सबै पत्रकार रिहा भएको जानकारी दिएका हुन्।

‘पक्राउ परेका सबै पत्रकारहरू रिहा भएका छन्,’ मन्त्री तिमिल्सिनाले लेखेका छन्, ‘सरकार प्रेस स्वतन्त्रताप्रति पूर्ण प्रतिबद्ध छ । प्रेस स्वतन्त्रता र जिम्मेवार पत्रकारिता लोकतन्त्रका आधारस्तम्भ हुन्।’

शुक्रबार प्रहरीले विभिन्न सञ्चारमाध्यमका समाचार कक्षमै प्रवेश गरेर पत्रकारहरूलाई नियन्त्रणमा लिएको थियो। नेपालप्रेसमा कार्यरत पत्रकार विश्वमणि सुवेदी, डीएनखबरका पत्रकार धीरज बस्नेत र मोटिभेट न्युजका पत्रकार शोभराज बराललाई प्रहरीले नियन्त्रणमा लिएको थियो।

यस्तै, नयाँ पत्रिकामा कार्यरत पत्रकार नवराज मैनालीलाई नियन्त्रणमा लिन सादा पोशाकका प्रहरीहरू पत्रिकाको कार्यालयमै पुगेका थिए। मैनालीलाई नलिई नफर्किने अडानसहित प्रहरी टोली दुई घण्टाभन्दा बढी समय कार्यालयमै बसेको थियो।

तर, साँझ मात्रै प्रहरी टोलीले पत्रकार मैनाली र नयाँ पत्रिकाका सम्पादक खगेन्द्र पन्तलाई भोलिपल्ट साइबर ब्युरोमा उपस्थित हुन निर्देशन दिँदै कार्यालय छाडेको थियो।

समाचार कक्षमै प्रवेश गरेर पत्रकारलाई नियन्त्रणमा लिने प्रहरीको कदमले प्रेस स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रतामाथि गम्भीर प्रश्न उठाएको छ। पक्राउ परेका सबै पत्रकार रिहा भएको सरकारी जानकारीसँगै घटनाले सिर्जना गरेको प्रेस स्वतन्त्रतासम्बन्धी बहस भने थप चासोको विषय बनेको छ।

प्रतिक्रिया

अहिलेसम्म प्रतिक्रिया छैन। सम्पादकले स्वीकृत गरेपछि प्रतिक्रिया देखिन्छन्।

प्रतिक्रिया लेख्नुहोस्

कहिल्यै देखाइँदैन। तपाईंको प्रतिक्रियाबारे सम्पर्क गर्नुपरे मात्र प्रयोग गरिन्छ।