स्वतन्त्र पत्रकारिता। स्पष्ट नेपाल।
हाम्रो बारेमासम्पर्क English नेपाली
मंगलबार, १७ कार्तिक २०८३ नेपालको आवाज, सबैको लागि
उज्यालो टुडे उज्यालो ल्याउने समाचार
दैनिक समाचार
नेपाल समाचार

सरकारीकरण हुनुपर्ने जग्गा सट्टापट्टा प्रकरणमा पूर्वप्रधानमन्त्री नेपालसहित ९७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

सरकारीकरण हुनुपर्ने जग्गा सट्टापट्टा प्रकरणमा पूर्वप्रधानमन्त्री नेपालसहित ९७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

१७ कात्तिक, काठमाडौं । सरकारीकरण हुनुपर्ने जग्गा सट्टापट्टा गरी बिक्री गर्न मन्त्रिपरिषद्बाट अनुमति दिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, पूर्वमन्त्री डा. मिनेन्द्र रिजालसहित ९७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

मोरङको रिजाल क्यानिङ एण्ड कम्पनीले पञ्चायतकालमा फलफूल खेतीका लागि हदबन्दी छुटमा पाएको १० बिघा १७ कट्ठा १० धुर जग्गा सर्तविपरीत प्रयोग गरेपछि सरकारले २०४८ सालमै जफत गर्ने निर्णय गरेको थियो ।

तर, २०६६ सालमा तत्कालीन प्रधानमन्त्री नेपाल नेतृत्वको मन्त्रिपरिषद्ले उक्त जग्गा सट्टापट्टा गर्न अनुमति दिएको थियो । अख्तियारका अनुसार तत्कालीन मन्त्री डा. रिजालले आफ्ना आफन्तको लाभ हुने गरी निर्णय अघि बढाएका थिए ।

सट्टापट्टा गरिएको जग्गाको मूल्य ७३ करोड ४९ लाख ५६ हजार रुपैयाँ रहेको भन्दै अख्तियारले सोही रकम बराबरको बिगो मागदाबी गरेको छ ।

यसअघि पनि पूर्वप्रधानमन्त्री नेपालविरुद्ध पतञ्जली जग्गा प्रकरणमा भ्रष्टाचार मुद्दा दायर भएको थियो । उक्त मुद्दा विशेष अदालतमा विचाराधीन छ ।

प्रतिक्रिया

अहिलेसम्म प्रतिक्रिया छैन। सम्पादकले स्वीकृत गरेपछि प्रतिक्रिया देखिन्छन्।

प्रतिक्रिया लेख्नुहोस्

कहिल्यै देखाइँदैन। तपाईंको प्रतिक्रियाबारे सम्पर्क गर्नुपरे मात्र प्रयोग गरिन्छ।