१८ कात्तिक, काठमाडौं । सरकारले नेपाल प्रहरीको नेतृत्व परिवर्तन गर्दै अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) मनोज केसीलाई प्रहरी महानिरीक्षक (आईजीपी) नियुक्त गर्ने निर्णय गरेको छ ।
आज बसेको मन्त्रिपरिषद् बैठकले केसीलाई नेपाल प्रहरीको सर्वोच्च पदमा नियुक्त गर्ने निर्णय गरेको हो ।
हाल नेपाल प्रहरीको अपराध अनुसन्धान विभाग प्रमुखको जिम्मेवारीमा रहेका केसी अब प्रहरी संगठनको नेतृत्व सम्हाल्नेछन् ।
यसैगरी, वर्तमान प्रहरी महानिरीक्षक दानबहादुर कार्कीलाई प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकारको जिम्मेवारी दिइएको छ ।
मन्त्रिपरिषद् स्रोतका अनुसार प्रहरी नेतृत्व परिवर्तनसँगै कार्कीलाई प्रधानमन्त्रीको सुरक्षा सल्लाहकार बनाउने निर्णय गरिएको हो ।
अनलाइन पढ्नुहोस्:https://ujyaalotoday.com/article/nepal-prahari-ko-nayan-netritvama-manoj-kesi-danabahadur-karki-pradhanmantri-ko
प्रतिक्रिया
अहिलेसम्म प्रतिक्रिया छैन। सम्पादकले स्वीकृत गरेपछि प्रतिक्रिया देखिन्छन्।