स्वतन्त्र पत्रकारिता। स्पष्ट नेपाल।
हाम्रो बारेमासम्पर्क English नेपाली
बुधबार, १८ कार्तिक २०८३ नेपालको आवाज, सबैको लागि
उज्यालो टुडे उज्यालो ल्याउने समाचार
दैनिक समाचार
नेपाल समाचार

रौतहटमा अज्ञात समूहको गोली प्रहारबाट युवक गम्भीर घाइते

रौतहटमा अज्ञात समूहको गोली प्रहारबाट युवक गम्भीर घाइते

१८ कात्तिक, काठमाडौं । रौतहटमा अज्ञात समूहको गोली प्रहारबाट एक युवक गम्भीर घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार गौर नगरपालिका–४ गढवा टोलस्थित पानी ट्यांकी नजिक गोली प्रहार हुँदा स्थानीय २८ वर्षीय राकेश यादव घाइते भएका हुन् ।

गएराति सवा ९ बजे यादवमाथि गोली प्रहार भएको प्रहरीले जनाएको छ । गोलीका छर्रा उनको ढाडमा तीन, दाहिने पाखुरामा एक र दुवै खुट्टामा दुई गरी ६ वटा लागेको बताइएको छ ।

घटनापछि तत्काल उद्धार गरी यादवलाई प्रादेशिक अस्पताल गौर पुर्‍याइएको थियो । त्यहाँबाट थप उपचारका लागि वीरगञ्जस्थित नेपाल मेडिसिटी बयोधा अस्पताल पठाइएको र उनको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार घटनास्थलबाट ७.६२ एमएम पेस्तोलका तीनवटा खाली खोका फेला परेका छन् ।

यादवमाथि कसले र किन गोली प्रहार गरेको भन्ने खुल्न सकेको छैन । घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रतिक्रिया

अहिलेसम्म प्रतिक्रिया छैन। सम्पादकले स्वीकृत गरेपछि प्रतिक्रिया देखिन्छन्।

प्रतिक्रिया लेख्नुहोस्

कहिल्यै देखाइँदैन। तपाईंको प्रतिक्रियाबारे सम्पर्क गर्नुपरे मात्र प्रयोग गरिन्छ।