This story is not available in English, so you are reading it in Nepali.
१२ कात्तिक, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणअन्तर्गत आजको पहिलो खेलमा काठमाडौं गोर्खाज र जनकपुर बोल्ट्स आमनेसामने हुँदैछन्। खेलमा काठमाडौं गोर्खाजले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ।
काठमाडौंका कप्तान करण केसीले अहिलेको खेल परिस्थितिमा लक्ष्य पछ्याउनुभन्दा विपक्षीलाई राम्रो लक्ष्य दिन सहज हुने विश्वासका साथ पहिले ब्याटिङ रोजेको बताएका छन्।
काठमाडौं गोर्खाज आज प्रतियोगितामा सिजनको पहिलो खेल खेल्दैछ। टोली जितका साथ प्रतियोगितामा सुखद सुरुवात गर्ने लक्ष्यमा छ। यता, अघिल्लो खेलमा पराजित भएको जनकपुर बोल्ट्स भने आज पहिलो जित निकाल्ने प्रयासमा हुनेछ।
जनकपुरको कप्तानी हर्मित सिंहले गरिरहेका छन्। आजको खेलमा जनकपुरले न्युजिल्यान्डका अलराउन्डर जिमी निसमलाई प्लेइङ–११ मा समावेश नगरी बेन्चमा राखेको छ।
दुवै टोलीका लागि आजको खेल महत्त्वपूर्ण छ। काठमाडौं जितसहित प्रतियोगितामा आफ्नो उपस्थिति बलियो बनाउन चाहन्छ भने जनकपुर पहिलो हारपछि पुनरागमन गर्ने लक्ष्यमा मैदान उत्रिएको छ।
Read online: https://ujyaalotoday.com/en/article/enapiel-tas-jite-ko-kathmandu-gorkhaj-ko-byating-janakpur-pahilo-jit-ko-khojima
Comments
No comments yet. Comments appear once an editor has approved them.