१७ कात्तिक, काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमालेसहित सबै वामपन्थी शक्तिहरूलाई एकताबद्ध हुन आह्वान गरेका छन् ।
मंगलबार काठमाडौंमा आयोजित पार्टी एकता घोषणा कार्यक्रममा बोल्दै प्रचण्डले मुलुक असाधारण संकटमा रहेको भन्दै आग्रह, पूर्वाग्रह र संकीर्णता त्यागेर राष्ट्रिय स्वाधीनता, देश र लोकतन्त्रको रक्षाका लागि एकता आवश्यक रहेको बताए ।
उनले केपी शर्मा ओली, मोहन विक्रम सिंह, मोहन वैद्य किरण र नेत्रविक्रम चन्द विप्लवसहित सबै कम्युनिष्ट समूहलाई एकताबद्ध गर्ने जिम्मेवारी सबैको काँधमा रहेको उल्लेख गरे ।
प्रचण्डले विगतका एकता र सहकार्यका उतारचढावबाट आत्मसमीक्षा गर्दै अहिलेको राष्ट्रिय आवश्यकता पूरा गर्न सबै वामपन्थी तथा देशभक्त लोकतन्त्रवादी शक्तिहरू एकजुट हुनुपर्नेमा जोड दिए ।
अनलाइन पढ्नुहोस्:https://ujyaalotoday.com/article/prachanda-ko-ahvan-emalesahit-sabai-vamapanthi-ekatabaddha-banaun
प्रतिक्रिया
अहिलेसम्म प्रतिक्रिया छैन। सम्पादकले स्वीकृत गरेपछि प्रतिक्रिया देखिन्छन्।