११२ ‌औँ नारी दिवश विभिन्न कार्यक्रम गरी सम्पन्न

धार्चे गाउँपालिका सामाजिक विकास शाखाको आयोजनामा ११२ औँ अन्तराष्ट्रिय नारी दिवश विभिन्न कार्यक्रम गरी सम्पन्न गरिएको छ । धार्चे गाउँपालिका वडा न ७ का कार्यवहाक अध्यक्ष सरिता गुरुङको अध्यक्षता तथा गाउँपालिका अध्यक्ष सन्त बहादुर गुरुङको प्रमुख आतिथ्यतामा सञ्चालन गरीएको उक्त कार्यक्रममा महिला हिँसा अन्त्य का लागि धार्चे गाउँपालिकाका जनप्रतिनिधिहरुले ५ वर्षे कार्यकालमा खेलेको भुमिका तथा महिला जनप्रतिनिधिहरुको भुमिका वारेमा छलफल तथा बहस भएको धार्चे गाउँपालिका अध्यक्ष सन्त बहादुर गुरुङले बताउनुभयो ।

उक्त कार्यक्रममा धार्चे गाउँपालिका वडा न ४ का वडा अध्यक्ष राज गुरुङ वडा न ५ का वडा अध्यक्ष तुल बहादुर गुरुङ, नि प्रमुख प्रशासकिय अधिकृत रुल बहादुर आले महिला सदस्य प्रविना घले, अनार्त गुरुङ, सिर्जना गुरुङले मन्तव्य राख्नु भएको तथा सामाजिका विकास शाखा प्रमुख शिब प्रसाद भुसालले कार्यक्रमको सञ्चालन गर्नुभएको गाउँपालिका अध्यक्षले बताउनुभयो ।