१० वर्षसम्म तयार नभएको पुलमा मुख्यमन्त्रीको चासो

१० वर्षसम्म तयार नभएको पुलमा मुख्यमन्त्रीको चासो

१० वर्षसम्म तयार नभएको पुलमा मुख्यमन्त्रीको चासो

१० वर्षसम्म तयार नभएको पुलमा मुख्यमन्त्रीको चासो

२७ पुुस, हेटौंडा । मदन भण्डारी राजमार्ग अन्तर्गत सिन्धुली र मकवानपुर जोड्ने गरी बागमती नदीको पुल १० वर्षसम्म नबनेपछि मुख्यमन्त्री राजेन्द्र पाण्डेले चासो देखाएका छन् ।

२०६८ असार २९ गते ठेक्का सम्झौता भएको पुल निर्माण कम्पनीले १० बर्ष ६ महिना बित्दा पनि पूरा गर्न सकेको छैन । मुख्यमन्त्री पाण्डेले मंगलबार ठेकेदार र मदन भण्डारी राजमार्ग आयोजना निर्देशनालयबीच संवाद गराएका छन् ।

स्थानीय बासिन्दामाझ ठेकेदार कम्पनी स्वच्छन्द निर्माण सेवाका सञ्चालक जयराम लामिछाने र आयोजनाका प्रमुख राजेन्द्र दासलाइ राखेर मुख्यमन्त्री पाण्डेले कहिलेसम्म पुल निर्माण पूरा हुन्छ भनी प्रतिवद्धता जनाउन लगाएका थिए । ठेकेदार कम्पनीलाई परेको समस्या र आयोजनाको असहज परिस्थिति केही भए त्यसमा सहजीकरण गर्न आफू तयार रहेको मुख्यमन्त्री पाण्डेले बताए ।

दश बर्षपछि भएपनि पुल निर्माण पूरा हुन लागेको भन्दै मुख्यमन्त्ती पाण्डेले बाँकी काम चाँडै सक्न निर्देशन दिए । पुलले मकवानपुरको बागमती र सिन्धुलीको हरिहरपुरगढी गाउँपालिकालाई जोड्छ ।

निर्माण कम्पनी स्वच्छन्द निर्माण सेवा प्रालिका सञ्चालक जयराम लामिछानेले आउँदो वैशाख १५ गतेसम्म पुल निर्माण सक्ने बताए । चैत मसान्तसम्म ठेक्काको सम्झौता अवधि रहेकाले त्यो बेलासम्म पुलका लागि आवश्यक सबै काम सक्ने प्रतिबद्धता व्यक्त गरे ।