पल शाहविरुद्ध जबर्जस्तीकरणीको  जाहेरी

पल शाहविरुद्ध जबर्जस्तीकरणीको  जाहेरी

काठमाडौं ,११ फागुन ।
 चर्चित अभिनेता पल शाहविरूद्ध जबर्जस्तीकरणीको जाहेरी दायर भएको छ । १७ वर्षीया एक बालगायिकाले बुधबार जिल्ला प्रहरी कार्यालय तनहुँमा गएर शाहविरूद्ध जाहेरी दिएकी हुन्। गण्डकी प्रदेश प्रहरीले शाहविरूद्ध दर्ता भएको जाहेरी दर्ता भई कानुनी प्रक्रिया अघि बढिसकेको बताइएको छ ।  केही दिनअघि ती १७ वर्षीयाले मिडियामा आएर नायक शाहले आफूमाथि दुर्व्यवहार गरेको आरोप लगाएकी थिइन् । १७ वर्षीया गायिकाका परिवारले तनहुँमा बुधबार बलात्कारको जाहेरी दिएपछि खोजी सुरू गरिएको तनहुँ प्रहरी प्रवक्ता डिएसपी युवराज खड्काले बताए। मुलुकी अपराध संहिताको दफा २१९ अनुसार १८ वर्षभन्दा कम उमेरकी बालिकासँग सहमतिमै यौन सम्बन्ध राखे पनि त्यसलाई जबरजस्ती करणी भनिन्छ । साथै, १६ वर्षदेखि १८ वर्ष उमेरकी बालिकासँग यौन सम्बन्ध राखेमा १० देखि १२ वर्षसम्म जेल सजाय हुन सक्ने मुलुकी अपराध संहितामा उल्लेख छ ।