कमब्याकका लागि ‘कन्ट्रोभर्सी’ खोजिरहेकी उषा रजक !
कमब्याकका लागि ‘कन्ट्रोभर्सी’ खोजिरहेकी उषा रजक !

१५ पुस, काठमाडौं । चलचित्र ‘कठपुतली’का निर्माता पृथ्वी रानाले विवादले चलचित्र नचल्ने बताइरहँदा सोही चलचित्रकी नायिका उषा रजक भने गसिपको खोजीमा छिन् । मिडियामा चर्चामा आउनका लागि उनले दिने गरेका बयानदेखि उनले लगाउने गरेका पहिरन फेरिएका छन् ।
चलचित्र ‘कुसुमे रुमाल’, ‘इकु’ लगायतका चलचित्रमा काम गरेकी उषालाई अहिलेका पुस्ताका दर्शकले खासै चिन्दैनन् । यूएनडीपीको जागिर छाडेर नेपाली चलचित्र क्षेत्रमा नै रमाउन आएकी उषालाई नयाँ पुस्तामाझ चिनिनु पनि छ ।