Monday 20th of November 2017 / 08:52:14 PM

एनआरएनए स्विडेनले बिकटको स्कुललाई दिएको फरक खुसी,अतिथिलाइ स्वागत गर्न उर्लिय स्थानीय समुदाय

  उज्यालाे टुडे 2017-10-25

कार्तिक ८ ,रोल्पा / प्रबिधि युक्त शिक्षाको ब्यबस्थापनका लागि सामुदायिक बिद्यालय सिद्दार्थ मा.वि. घोप्टेओढार जिनाबाङ रोल्पालाई नमूना बिद्यालयमा परिणत गर्न बिगत केहि बर्ष देखि चलिरहेको अभियान संग एनआरएनए स्विडेनले हातेमालो गरिरहेको छ । यसै अभियानलाई सफल पार्न भौतिक निर्माण तर्फ गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद स्विडेनले रोल्पाका बालबालिकाहरुका लागि दुई कोठे भवन सहयोग गरेको हो । उक्त भवनको उद्घाटन तथा हस्तान्तरण कार्यक्रम यहि कार्तिक ५ गते भब्य सम्पन्न भएको छ

कक्षा ११ को परिक्षा आजवाट सुरु प्युठानमा १५ सय १८ जनाले दिए अनिवार्य अग्रेजी

सागर शर्मा

  उज्यालाे टुडे 2017-06-15

असार १ प्युठान / आजदेखि देशैभरि सुरु भएको माध्यामिक तह कक्षा ११ को परिक्षामा प्युठानवाट १५ सय १८ जना परिक्षार्थीले परिक्षा दिएका छन । १ हजार ३० छात्रा र ४ सय ८८ जना छात्र गरि १५ सय १८ जनाले परिक्षा दिएका हुन ।

जिल्लामा परिक्षा संञ्चालन गर्नको लागि ५ वटा परिक्षा केन्द्रको तय गरिएको छ । जस्मा महेन्द्र मावि खंलगा, जनता मावि बाग्दुला, मुक्ति मावि रातामाटा, बालशिक्षा मावि ओखरकोट र अमर मावि भिग

बागेश्वरी आधारभुत विद्यालय ८औं विद्यालयका रुपमा शान्ति क्षेत्र घोषणा

योजना सुबेदि

  उज्यालाे टुडे 2017-06-15

असार ०१, रोल्पा / बागेश्वरी आधारभुत विद्यालय सल्लिबोट  लिबाङ रोल्पालाई बुधबार जिल्लाको ८औं विद्यालयका रुपमा शान्ति क्षेत्र एक कार्यक्रमका बिच  घोषणा गरिएको हो ।

जिल्ला शिक्षा कार्यालय रोल्पाको समन्वय, जिल्ला बालकल्याण समितिको सहयोग र लिबाङ श्रोतकेन्द्र, बागेवरी आधारभूत विद्यालय, सल्लीबोटको आयोजनामा विद्यालयलाई शान्ति क्षेत्र घोषणा गरिएको हो । विद्यालय क्षेत्रभित्रका अभिभावक, राजनैतिक

शिक्षकहरुका लागि ५ दिने पठन सिप बिकास तालिम रोल्पाको घोडागाउँमा सम्पन्न

  उज्यालाे टुडे 2017-05-31

जेठ १७ ,रोल्पा / सेभ द चिल्ड्रको आर्थिक सहयोग, जिल्ला शिक्षा कार्यालय रोल्पाको समन्बय र मानबअधिकार सचेतन केन्द्र हुरेक रोल्पाको आयोजनमा संचालित : हामी सिक्न सक्छौँ परियोजना अन्तरगत, शिक्षकहरुको ५ दिने पठन सिप बिकास तालिम आज रोल्पाको सुर्बणावती गाउँपालिका वडा नं. १ घोडागाउँमा सम्पन्न भएको छ ।

लाइसेन्स नभएकाले पनि शिक्षक सेवा आयोग दिन पाउने

  उज्यालाे टुडे 2017-05-08

२५ बैशाख, काठमाडौं । सर्वोच्च अदालतले अध्यापन अनुमति पत्र (लाइसेन्स) नभएका शिक्षकहरुलाई पनि शिक्षक सेवा आयोगको परीक्षामा सहभागी गराउन सरकारलाई अन्तरिम आदेश दिएको छ ।

न्यायाधीश ओमप्रकाश मिश्रको एकल इजालसले तल्लो तहमा लियन राखी माथिल्लो तहमा अस्थायी दरवन्दीमा कार्यरत अस्थायी शिक्षक, तल्लो तहमा कार्यरत लियन शिक्षक र स्थायी लाइसेन्स नभएकाहरुलाई पनि परीक्षामा सहभागी गराउन अन्तरिम आदेश दिएको हो ।

त्यसअघि सेतीदेवी प्रावि मातातिर्थ काठमाडौंकी कान्तिकुमारी ढुंगेल, समीभञ्ज्याङ मावि धादिङका बसन्तकुमार श्रेष्ठ, महेन्

बिद्ययार्थीले राखेको १२ बुँदेमा मागमा जि शि अ ले थपिदिए ३ बुँदा

खकेन्द्र केसी

  उज्यालाे टुडे 2017-04-29

बैशाख १५, सल्यान /गत चैत्र २ गते जिल्ला शिक्षा कार्यालय सल्यानमा अखिल क्रान्तिकारीले बुझाएको ज्ञापन पत्रमा शुक्रबार सुनुवाइ भएको अखिल क्रान्तिकारीले विज्ञप्ती मार्फत जनाएको छ ।

 
क्रान्तिकारीले सल्यानको “आमूल शैक्षिक रुपान्तरण सहित को बैज्ञानिक पुनर्संरचना“ को लागि केहि अल्पकालीन, केही मध्यकालीन ,केही दीर्घकालीन र केही तत्कालीन विभिन्न १२ बुदे माग राख्दै ज्ञापनपत्र पेस गरेको थियोे । ज्ञापनपम

तीन दर्जन निजी स्कुलमा विद्यार्थीले लगाए ताला (सूचीसहित)

उज्यालो टुडे

  उज्यालाे टुडे 2017-04-26

बैशाख १३, काठमाडौं / प्रमुख राजनीतिक दल निकट विद्यार्थी संगठनहरुले काठमाडौं उपत्यकाका तीन दर्जन बढी निजी विद्यालयहरुको लेखा र प्रशासन शाखामा तालाबन्दी गरेका छन् । सरकारले तोकेको सिलिङभन्दा बढी शुल्क लिएको र सर्वोच्चले दिएको आदेशविपरित शुल्क बढाएको भन्दै संयुक्त विद्यार्थी समितिको अगुवाईमा तालाबन्दी गरिएको हो ।

आफूहरुको तालाबन्दीले विद्यार्थीको पठनपाठन भने प्रभावित नभएको अखिल क्रान्तिकारीका उपाध

कक्षा १२को परिक्षा आजवाट सुरु प्युठानमा ९ सय ८ जनाले दिए अङ्ग्रेजी परिक्षा

सागर शर्मा

  उज्यालाे टुडे 2017-04-23

वैशाख १०, प्युठान/आजवाट देशैभरी सुरु भएको माध्यामिक तह कक्षा १२ को परिक्षामा प्युठानवाट ९ सय ८ जना बिद्यार्थिले परिक्षा दिएका छन।  ५ सय ५१ जना छात्रा र ३ सय ५७ जना छात्र गरि ९ सय ८ जना परिक्षार्थीले परिक्षा दिएका हुन् ।   जिल्लामा ५ वटा परिक्षा केन्द्र तय गरिएको छ । जस्मा  वालशिक्षा मावि ओखरकोट, जनता मावि वाग्दुला, मुक्ति मावि रातामाटा, अमर मावि भिग्री र महेन्द्र मावि खंलगा रहेका छन् । 

 

कक्षा १२ को परिक्षा भोली देखि, राप्तीमा २४ हजार ८ सय ९० परिक्षार्थी समावेश हुदै

  उज्यालाे टुडे 2017-04-22

बैशाख ९ ,दाङ /   भोली आईतबार देखि सुरु हुने कक्षा १२ को परिक्षा सञ्चालनको सम्पूर्ण तयारी पुरा भएको छ । राष्ट्रिय परिक्षा बोर्ड शाखा कार्यलय दाङका अनुसार कार्यलयको सेवा क्षेत्र राप्तीका दाङ सहित सल्यान, रुकुम, रोल्पा र प्युठान जिल्लाहरुमा तयारी पुरा भएको छ ।

सम्बन्धीत जिल्लाहरुमा उत्तरपुस्तिका पुगेको, पश्नपत्र प्रहरी कार्यालयमा पु¥याईएको, कर्मचारी तथा केन्द्राध्यक्षलाई समेत खटाई सकेको राष्ट्रिय परिक्षा बोर्ड शाखा कार्यालय दाङका प्रमुख ऋषिराम रिजालले जानकारी दिए ।

प्यूठानमा भर्नाअभियान चलाइने

सागर शर्मा

  उज्यालाे टुडे 2017-04-17

बैशाख ४,प्यूठान / विद्यालय भर्ना नभएका बालबालिकालाई घरमै गएर भर्ना हुन आह्वानगर्ने जिल्ला शिक्षा कार्यालयले जनाएको छ । 
सोमबार जिल्ला शिक्षा कार्यालय प्यूठानले आफ्नै सभाहलमा गरेको विद्यार्थी भर्ना अभियान –२०७४ बिषयक अन्तक्रिया कार्यक्रममा घरघरमा विद्यालयभर्ना नभएका वालवालिकाहरुलाई घरमै गएर भर्ना गराउने जानकारी दिएको हो ।

‘हामी सबैको इच्छा, अनिवार्य निःशुल्क आधारभुत शिक्षा’भन्ने नारा सहित विद्यालयलाई क्षेत्र भित्र रहेका बालबालिकालाई सम्बन्धीत क्षेत्रभित्र वालभर्ना अभियान चलाउन लागेको जिल्ला शिक्षा

© 2017, ujyalotoday.com , All Rights Reserved.