Monday 20th of November 2017 / 08:51:59 PM

टि २० क्रिकेट प्रतियाेगिताकाे जित सेभेन स्टार ग्रुपकाे हातमा

  उज्यालाे टुडे 2017-10-17

कार्तिक १ प्यूठान   मदन भण्डारी स्पाेट्स एकेडेमि प्यूठान शाखाले अायाेजना गरेकाे प्रथम  जिल्ला स्तरीय मदन भण्डारी स्मृति टि २० क्रिकेट प्रतियाेगिता सेभेन स्टार ग्रुप बराैलाले हात पारेकाे छ । 

अाश्विन २६ गते वाट सुरुभएकाे उत्त प्रतियाेगितामा जिल्ला भित्र र वाहिरवाट ग्रुपहरुकाे सहभागिता रहेकाे उक्त प्रतियाेगिता अाश्विन ३१ गते समापन भयकाे हाे । ६ दिन सम्म चलेकाे उक्त खेलकाे विजेता सेभेन स्टार ग्रुप बराैा र उइ अार वन ग्रुप विजुवार उपविजेता वनेका छन। 

फाइनल खेलमा पहिलाे व्याटिङ्ग  राेजेकाे बराैलाले

महिला लिग फुटबल फाइनल : बलियो देखिन्छ रौतहट

  उज्यालाे टुडे 2017-06-09

जेठ २६,पाल्पा / महिला लिग च्याम्पियनसिप फुटबलको फाइनलका लागि ताप्लेजुङ र रौतहट दुवै तयारी अवस्थामा छन् । आफूले नै उपाधी जित्ने विश्वास दुवै टोलीले देखाएका छन् ।  

यसअघि ताप्लेजुङ र रौतहटबिच भएको तीन खेलमा तीनै पटक रौतहटले बाजी मारेको थियो । पाल्पाको तानसेनमा शुक्रबार दिउँसो हुने फाइलन खेलका लागि आवश्यक तयारी पनि पूरा भएको छ । टुँडिखेल मैदानमा दिउँसो ३ बजे ताप्लेजुङ र रौतहट उपाधी भिडन्

मोनाकोबाट म्यानचेष्टर सिटी गए बर्नार्डो सिल्भा

  उज्यालाे टुडे 2017-05-26

जेठ १३ – इंग्लिस क्लब म्यानचेष्टर सिटीले पोर्चुगलका मिडफिल्डर बर्नार्डो सिल्भालाई अनुबन्धित गरेको छ । यो सिजन उनी फ्रेन्स क्लब मोनाकोबाट खेलेका थिए । 

२२ वर्षका सिल्भाले आफू विश्वकै उत्कृष्ट मध्येको टिममा अनुबन्धित हुन पाएकोमा खुशी लागेको बताएका छन् । मोनाकाकोबाट ५८ खेल खेलेका उनले ११ गोल गरेका छन् । साथै १२ गोलको अवसर सिर्जना गरेका छन् । उनले पोर्चुगलका लागि १२ खेल खेलेका छन् । जसमा एक गोल गरेका छन् । उनी ४३ मिलियन यूरोमा सिटीमा अनुबन्धित भएका हुन् ।  

रेलिगेसनमा परेपछि हल सिटीका प्रशिक्षकले राजीनामा दिए

  उज्यालाे टुडे 2017-05-26

जेठ १२ , काठमाडौं /क्लव रेलिगेसनमा परेपछि इंग्लिस टोली हल सिटीका प्रशिक्षक मार्को सिल्भाले पदबाट राजीनामा दिएका छन् ।

क्लवको निरन्तरको खराव प्रदर्शनपछि माइक फेलानलाई प्रतिस्थापन गर्दै हल सिटीले ३९ बर्षीय पाोर्चुगिज प्रशिक्षक सिल्भालाई गत जनवरीमा नियुक्त गरेको थियो । नेतृत्व संहालेपछि उनले हल सिटीलाई रेलिगेसनबाट जोगाउन सकेनन् ।

स्पेनी सर्वोच्च अदालतद्वारा मेसीको अपिल खारेज, २१ महिनाको जेल सजाय सदर

  उज्यालाे टुडे 2017-05-25

जेठ १०,काठमाडौँ / स्पेनको सर्वोच्च अदालतले कर छली मुद्दामा बार्सिलोना फरवार्ड लियोनल मेसी र उनको पितालाई दोषी ठहर गरेको छ। यसअघि क्याटालन अदालतले उनीहरुलाई दोषी ठहर गर्दै दिएको २१ महिना लामो जेल सजायविरुद्धको अपिल पनि सर्वोच्चले खारेज गरेको छ।

क्याटालन अदालतले गत वर्षको जुलाइमा सन् २००७ र २००९ का बीचमा करछली गरेको ठहर गर्दै मेसी र उनका पिताविरुद्ध फैसला सुनाएको थियो।

भलिबल बन्यो राष्ट्रिय खेल

  उज्यालाे टुडे 2017-05-23

जेठ ९ , काठमाडौं / मुलुकको राष्ट्रिय खेल के भन्नेबारे लामो समयदेखिको बहस टुंगो लागेको छ । सरकारले नेपालको राष्ट्रिय खेल भलिवल निर्धारण गरेको छ ।

सोमबार साँझ बसेको मन्त्रिपरिषदको बैठकले नेपालको राष्ट्रिय खेल भलिवल निर्धारण गर्ने निर्णय गरेको हो । त्यसका लागि युवा तथा खेलकुद मन्त्रालयले प्रस्ताव लगेको थियो ।

डण्डिबियो र कब

म्यानचेष्टर युनाइटेडको अपराजित यात्रामा पूर्णविराम

  उज्यालाे टुडे 2017-05-08

बैशाख २५ , काठमाडौं /आर्सनलले म्यानचेष्टर युनाइटेडको २५ खेलको अपराजित यात्रामा पूर्णविराम लगाएको छ र प्रिमियर लिगको शीर्ष चारमा सम्भावना कायमै राखेको छ ।

सोमबार भएको खेलमा आर्सनलले म्यानचेष्टर युनाइटेडलाई २-० को जित हात पारेको छ ।आर्सनलको घरेलु मैदान इमिरेट्स स्टेडियममा भएको खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । तर, ५४ औं मिनेटमा जाकाले गोल गरे ।

सर्बाधिक पुरस्कार राशीको अत्तरिया कप महिला क्रिकेटको तयारी पूरा

उज्यालो टुडे

  उज्यालाे टुडे 2017-05-01

बैशाख १८, कैलाली /आगामी वैशाख २१ गतेदेखि कैलालीको अत्तरीयामा आयोजना हुने सर्वाधिक धनराशीको अत्तरीया कप महिला क्रिकेट प्रतियोगिताको तयारी पूरा भएको छ ।

युनाईटेड अत्तरीया स्पोर्टस क्लवको आयोजनामा हुने प्रतियोगितामा विभागीयसहित देशभरका ६ टोलीहरुले सहभागिता जनाउनेछन् ।अत्तरीया युनाईटेड स्पोर्टस क्लवले आज धनगढीमा पत्रकार सम्मेलन गर्दै आगामी बिहीबारदेखि सुरु हुने महिला राष्ट्रिय टी-२० क्रिकेट प्रतियोगिताको मैदान लगायतका अन्य तयारीहरु पूरा भएको क्लवका अध्यक्ष रवि खनालले जानक

प्रिमियर लिगको उपाधि टिम चौराहको पोल्टामा , विराटनगर ६२ रनले पराजित

  उज्यालाे टुडे 2017-04-22

 बैशाख ९, धनगढी / बिराटनगर किङ्ग्सलाई ६२ रनको फराकिलो अन्तरले पराजित गर्दै पारस खड्काको टिम टिम चौराहाले धनगढी प्रिमियर लिग क्रिकेटको उपाधि जितेको छ ।

घरेलु टोली टिम चौराहाले प्रस्तुत गरेको १६० रनको लक्ष्य पछ्याएको बिराटनगर किङ्ग्सले १८.१ ओभरमा सबै विकेट गुमाएर मात्र ९७ रन बनाउन सक्यो ।खेल अवधिभर विराटनगरले ठूलो साझेदारी नै गर्न सकेन । उसको सबैभन्दा ठूलो साझेदारी भनेमो दोस्रो विकेटका लागि २३ रन नै रहृयो ।

उसका लागि प्रनित थापा मगरले सर्वाधिक २६ रन बनाए भने अमित श्रेष्ठले २६ रनको योगदान दिए । अन्

नेक्सस कप राष्ट्रिय क्रिकेटमा तुलसीपुर क्रिकेट एकाडेमीलाई तेस्रो जित

  उज्यालाे टुडे 2017-04-16

तुलसीपुर ४ बैशाख /
काठमाण्डौमा जारी नेक्सस कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा दाङ तुलसीपुर  क्रिकेट एकाडेमीले तेस्रो जित हात पारेको छ । नेक्सस एकाडेमी काठमाण्डौको आयोजनामा संचालित प्रतियोगिताको   लिग चरणको खेलमा हिमालयन क्रिकेट एकाडेमी काठमाण्डौलाई ७ विकेटको फराकिलो अन्तरले पराजीत गर्दै एकाडेमीले तेस्रो जित दर्ता गरेको हो ।
टस जितेर व्याटिङ गर्न खेलमैदानमा उत्रिएको हिमालयन एकाडेमी १७ ओभरमा अलआउट हुदै ६२ रनको योगफल जोड्न सफल भयो । हिमालयन एकाडेमीका दिप

© 2017, ujyalotoday.com , All Rights Reserved.

Design By: Btech Nepal