Monday 20th of November 2017 / 09:00:39 PM

स्थानीय तह थप्न आयोगले नमाने पछी मधेसी दल रुष्ट

  उज्यालाे टुडे 2017-05-21

जेठ ८ , काठमाडौं । आगामी जेठ ३१ गते हुने स्थानीय तहको दोस्रो चरणको निर्वाचनका लागि स्थानीय तहको संख्या थपघट र मतपत्र हेरफेर नहुने भएको छ । मधेसकेन्द्रित दलको मागअनुसार सरकारले स्थानीय तहको संख्या बढाउने तयारी बढाए पनि अब स्थानीय तहको संख्या हेरफेर गर्दा जेठ ३१ मा निर्वाचन गर्न नसकिने भन्दै निर्वाचन आयोगले त्यसलाई अस्वीकार गरेको हो ।

निर्वाचन आयुक्त नरेन्द्र दाहालले दोस्रो चरणको निर्वाचनको तयारी अघि बढिसकेकाले अब संख्या थप्न र मतपत्र हेरफेर गर्न नसकिने बताए ।

७ सय ४४ स्थानीय तहमध्ये प्रदेश नं. ३,४ र ६ का ३

को–को बन्दैछन् निर्वाचनमा मतदानबाट बञ्चित

  उज्यालाे टुडे 2017-05-10

वैशाख २८, काठमाडौं । स्थानीय तहको निर्वाचनमा धेरै नेपाली मतदानबाट बञ्चित हुँदै छन् । जो जहाँ छन् त्यहीँबाट मतदान गर्न पाउने व्यवस्था नभएकाले यो निर्वाचनमा समस्या देखिएको निर्वाचन आयोगका प्रवक्ता सूर्यप्रसाद सुवेदीले बताए ।

स्थानीय तहको निर्वाचन दुई चरणमा सम्पन्न हुँदै छ । ३१ वैशाखमा हुने पहिलो चरणको निर्वाचनमा प्रदेश नं. ३, ४ र ६ का ३४ जिल्लाका २८३ स्थानीय तहमा निर्वाचन हुँदैछ । तर, निर्वाचनमा खटिने सुरक्षाकर्मी, कर्मचारी, कैदीबन्दी र विदेशमा रहेकाम नेपालीले स्थानीय तह निर्वाचनमा मतदान गर्न पाउने छैनन् ।

पत्रकारलाई सवारी पास लिन समस्या

  उज्यालाे टुडे 2017-05-08


बैशाख २५ दाङ, / स्थानीय तहको निर्वाचनको रिपोर्टिङका लागि सवारी पासका लागि पत्रकारलाई हैरानी भोग्नुपर्ने भएको छ । यदि आसन्न निर्वाचनका लागि अनुगमन सवारीपासको व्यवस्था नगरे सबैभन्दा मारमा पत्रकारहरुको पर्ने निर्वाचन आयोगको वेवसाइटको सूचनामै जाइएको छ । आजको गोरक्ष राष्ट्रिय दैनिकमा छापिएको छ ।

अन्य अधिकारवादी संसंस्थाहरुलाई उनीहरुको सिफारिसमा र्विाचन अनुगमनका लागि स्थानीय प्रशासनले सहज रुपमा पास उपलब्ध गराने व्यवस्था भए पनि सञ्चारकर्मीहरुका लागि भने मतदानका दिन अनुगमनको सहज

भ्रममा नपर्नुस्, निर्वाचन हुन्छः प्रधानमन्त्री

  उज्यालाे टुडे 2017-04-30

वैशाख १८ ,काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चुनाव निर्धारित मितिमै हुने बताएका छन् । उनले वैशाख १९ मा उम्मेदवार मनोनयनपछि संशोधन पारित हुने बताए । ‘निर्वाचन हुँदैन भन्ने भ्रममा नपर्नुस्,’ प्रधानमन्त्री प्रचण्डले भने, ‘निर्वाचन हुन्छ । मनोनयनपछि संविधान संशोधन विधेयक पनि पारित हुन्छ ।’

उता, संविधानमा विचाराधीन संविधान संशोधन विधेयक पारित गर्न दुई तिहाइ पुर्याउन समस्या भएपछि सरकार संविधान संशोधन विधेयक आइतबार नै पारित गराउने कार्यसूचीबाट पछि हटेको छ ।

आइतबार नै संशोधन

उम्मेदवार बन्नकै लागि सम्बन्धविच्छेद !!

  उज्यालाे टुडे 2017-04-17

काठमाडौं । स्थानीय तह निर्वाचनको मिति नजिकिँदै गर्दा उम्मेदवार बन्न मोरङकी एक महिलाले पतिसँग सम्बन्धविच्छेद गरेकी छन् ।वडा सदस्यमा उम्मेदवारी दिन विराटनगर १९ की ३८ वर्षीया रिंकुदेवी परियारले पति सवदनारायण सरदार थारुसँग सम्बन्धविच्छेद गरेकी हुन् । पतिपत्नीबीच पाँच दिनअघि जिल्ला अदालतबाट सम्बन्ध विच्छेद गरिएको हो । सम्बन्धविच्छेदपछि रिंकुदेवीले आइतबार जिल्ला प्रशासन कार्यालयबाट माइतीको थरबाट नागरिकतासमेत लिएकी छन् ।

उनलाई दलित महिला कोटाबाट नेकपा एमालेले विराटनगर ११ को वडा सदस्यमा सिफारिस गरेको छ । 

आजदेखि ७५ वटै जिल्लामा निर्वाचन आयोगको कार्यालय खुल्ने

  उज्यालाे टुडे 2017-04-15

 काठमाडौं / वैशाख ३१ का लागि तय स्थानीय निर्वाचन गराउन ७५ वटै जिल्लामा मुख्य निर्वाचन अधिकृतका कार्यालय आइतबारबाट खुल्ने भएका छन् । निर्वाचन आयोगले जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृतमा नियुक्त गरेको छ ।

‘आइतबार (आज) बाट ७५ वटै जिल्लामा मुख्य निर्वाचन अधिकृतका कार्यालय खुल्दै छन्’, आयोगका सचिव गोपीनाथ मैनालीले भने, ‘आइतबारबााट निर्वाचनका कार्यक्रम सञ्चालन गर्न आयोग जिल्लामा क्रियाशील हुन्छ ।’

मुख्य निर्वाचन अधिकृतले जिल्लामा छुट्टै कार्यालय खोलेर निर्वाचनका लाग

साम्य भएन वरियता विवादः निधी क्याबिनेट बैठकमै नजाने

  उज्यालाे टुडे 2017-04-09

चैत २८, काठमाडौं / कमल थापालाई दोस्रो वरियतामा राख्ने प्रधानमन्त्री प्रचण्डको निर्णयप्रति असन्तुष्ट उपप्रधान एवं गृहमन्त्री विमलेन्द्र निधीले मन्त्रिपरिषद् बैठकमा सहभागिता नजनाउने भएका छन् ।

प्रधानमन्त्रीपछिको वरियता आफूले नपाए पद छाड्ने सार्वजनिक अभिव्यक्ति दिएका निधीलाई पार्टी सभापति शेरबहादुर देउवाले पद नछाड्न सुझाव दिएपछि पद नछाड्ने तर मन्त्रिपरिषद् बैठकमा सहभागी नहुने रणनीति अपनाउन लागेका हुन् ।

थापालाई मन्त्रिपरिषद्मा दोस्रो वरियता दिने प्रधानमन्त्रीको कदम अस्वीकार नगर्ने निर्

मोर्चालाई मनाउन यस्तो संशोधन विधेयक आउँदै

  उज्यालाे टुडे 2017-04-08

चैत २७, काठमाडौं / सरकारले असन्तुष्ट मधेसी मोर्चालाई मनाउन नयाँ संशोधन विधेयक तयार पारेको छ । सरकारले तयार पारेको संशोधन विधेयकमा भाषा, नागरिकता, राष्ट्रिय सभामा प्रतिनिधित्व, मातृभाषालगायत विषय छन् ।

भाषाका विषयमा भाषा आयोगको सिफारिसमा नेपाल सरकारले सरकारी कामकाजको भाषा भनी निर्णय गरेका भाषाहरुलाई पनि संविधानको अनुसूची थप गरी समाधान गर्ने संशोधन विधेयकमा उल्लेख छ ।नेपाली नागरिकसँग वैवाहिक सम्बन्ध कायम गरेकी विदेशी महिलाले चाहेमा आफ्नो देशको नागरिकता त्याग्ने कारबाही चलाएपछि प्रचलित कानुनबमोजिम नेपालको वैवाहिक

सात जिल्लामा पूर्वराजाको सम्पत्ति खोजिँदै

  उज्यालाे टुडे 2017-04-05

काठमाडौं । स्वर्गीय पूर्वराजा वीरेन्द्र र उनका परिवारको सम्पत्ति खोज्न स्थापना भएको नेपाल ट्रस्टको कार्यालयले ७ जिल्लाको सम्पत्ति खोजविन गर्ने भएको छ। विभिन्न जिल्लामा सम्पत्ति खोजविन गर्न खटिएको टोलीले धनुषा, उदयपुर, सप्तरी, कपिलवस्तु, पर्सा, मुस्ताङ र मनाङ जिल्लाको सम्पत्ति खोजी शुरू गर्न लागेको हो।

कार्यालयका प्रवक्ता लेखबहादुर कार्कीले वैशाख महिनाभित्र सात जिल्लाको सम्पत्ति खोज्न प्राविधिकसहितको टोली खटाउने तयारी भइरहेको जानकारी दिए।

उनले केही जिल्लामा पूर्वराजा स्वर्गीय वीरेन्द्र र उनको परिवारको नामको सम्पत्ति भेटिन

विधेयक पास गराउन सांसद्लाई विदेश घुमाउँदै सरकार

  उज्यालाे टुडे 2017-04-05

चैत २३ ,काठमाडौं / सहकारी तथा गरिबी निवारण मन्त्रालयले तयार गरेको सहकारी ऐन संशोधनको मस्यौता पारित गरेबापत सांसद्हरु विदेश भ्रमणमा जान लागेका छन् । विधयेकमा आपत्ति जनाउँदै आएका सांसद्हरु विदेश जान पाउने भएपछि मस्यौदा पारित हुने भएको छ ।

विश्वव्यापी मान्यताविपरीत निजी क्षेत्रलाई जस्तै सहकारीलाई लगानी गर्न दिने र पदाधिकारीलाई कार्यकारी अधिकारीसहित कर्मचारीको रुपमा काम गर्न दिनेलगायतका प्रस्ताव राखेर सांसद्हरुले विधयेकमा अवरोध गर्दै आएको खबर आजको नयाँ पत्रिका दैनिकले लेखेको छ ।सहकारी विधेयकमा अवरोध गर्दै आएक

© 2017, ujyalotoday.com , All Rights Reserved.