Monday 20th of November 2017 / 09:01:29 PM

बेलायतमा आतंककारी हमलामा संलग्नको पहिचान

  उज्यालाे टुडे 2017-06-05

एजेन्सी /शनिबार राति भएको लण्डन आक्रमणको अनुसन्धानमा प्रहरीले तीन आक्रमणकारीहरुको पहिचान गरेको छ ।
प्रहरीले चाडैँ आक्रमणकारीको पहिचान खुलाउने जनाएको छ । प्रहरीका अनुसार पूर्वी लण्डनको न्युहेम र बार्किङमा लगायतका दुई स्थानमा खोजी क्रममा ती ब्यक्तिहरुलाई पक्रमउ गरिएको हो । 

बार्किङको एक फ्ल्याटबाट बाह्र जनालाई पक्राउ गरिएको छ । फ्ल्याट आक्रमणकारीको आश्रय स्थल रहेको विश्वास गरिएको

कावुल आक्रमण- मृतकको संख्या ८० पुग्यो, ३५० बढी घाइते

  उज्यालाे टुडे 2017-05-31

जेठ १७ , काठमाडौं / अफगानिस्तानको राजधानी काबुलस्थित अति संवेदनशील कूटनीतिक क्षेत्रमा भएको शक्तिशाली कार बम बिष्फोटमा परि मृत्यु हुनेको संख्या ८० पुगेको छ । घटनामा कम्तिमा ३ सय ५० जना घाइते भएका छन् ।

राष्ट्रपति भवन नजिकै, कुटनीतिक नियोगका कार्यालयहरु रहने स्थानमा बिहानको ब्यस्त समयमा बमहरुले भरिएको एउटा कार बिष्फोट गराइएको काबुलका अधिकारीलाई उदृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।

बिष

खतरामा मोसुल शहरका नागरिकको जीवन

  उज्यालाे टुडे 2017-05-29

जेठ १५ ,एजेन्सी /इराकको मोसुल शहरमा रहेका नागरिकको जीवन खतरामा रहेको भन्दै संयुक्त राष्ट्रसंघले चिन्ता व्यक्त गरेको छ ।

मोसुल शहरलाई आइएसको कब्जाबाट मुक्त पार्ने अभियान अन्तिम चरणमा पुग्दै गर्दा त्यहाँका नागरिकको अवस्था थप कष्टकर र खतरापूर्ण बन्दै गएको राष्ट्रसंघले जनाएको छ ।

आइएसका लडाकुले अहि

दक्षिणपन्थी पेनलाई हराउँदै म्याक्रोन बने फ्रान्सका राष्ट्रपति

  उज्यालाे टुडे 2017-05-08

बैशाख २५, काठमाडौं । युरोप समर्थक इमानुएल म्याक्रोन फ्रान्सको राष्ट्रपति बनेका छन् । ३९ वर्षीय युवा म्याक्रोनले यसअघि कुनै पनि निर्वाचित पद सम्हालेका छैनन् ।

उनले ६६.०६ प्रतिशत मत पाएका छन् । उनको प्रतिद्वन्द्वी दक्षिणपन्थी म्यारिन पेनलाई परानित गरे । पेनले ३३.९४ प्रतिशत मत पाएकी छन् ।फ्रान्समा १९५८ पछि पहिलो पटक यस्तो भएको छ कि राष्ट्रपति दुई प्रमुख पार्टी सोशलिस्ट र सेन्टर राइट रिपब्लिकन पार्टीबाट छैनन् ।

राष्ट्रपतिमा निर्वाचित भएपछि म्याक्रोनले युरोपेली संघ र आफ्नो देशबासीबीच सम्पर्क पुनस्थपित गर्ने बा

इडीभीको नतिजा यसरी हेर्नुहोस्

  उज्यालाे टुडे 2017-05-05

बैशाख २०, काठमाडौं । अमेरिकाको इलेक्ट्रोनिस डाइभर्सिटी भिसा(इडीभी) २०१८ को नतिजा मंगलवार राती सार्वजनिक हुने भएको छ । गत वर्ष भरिएको डीभीको नतिजा सार्वजनिक हुन लागेका हो । गत वर्षको ४ अक्टोबर २०१६ देखि ७ नोभेम्बर २०१६ सम्म डीभीको लागि आवेदन खुल्ला भएको थियो ।नतिजा डीभी लट्टरी डट स्टेट डट जीओभीमा गएर हेर्न सकिन्छ https://dvlottery.state.gov

डिभी परे/नपरेको हेर्न डिभी फारम भर्दाको कन्फर्मेसन

नेपाली जनसम्पर्क समिति क्यानाडाको कार्यसमिति विस्तार

उज्यालो टुडे

  उज्यालाे टुडे 2017-05-02

वैशाख १९ , क्यानडा /नेपाली जनसम्पर्क समिति क्यानाडाको केन्द्रीय कार्यसमितिले आकस्मिक कोष स्थापनासहितका विभिन्न निर्णयहरू गरेको छ ।

सभापति तुल्सी पौडेलको अध्यक्षतामा क्यानडाको ब्रह्मटनमा हालै सम्पन्न भएको बैठकले कोष स्थापनाका साथै कार्यसमिति विस्तार गर्ने निर्णय गरेको हो । बैठकमा संस्थाको भावी कार्ययोजना तथा आगामी कार्यक्रमका बारेमा बिस्तृत छलफल गरिएको थियो ।

अबुधाबीमा २५६१ औं बुद्ध जयन्ती मनाइने

  उज्यालाे टुडे 2017-04-30

३० अप्रील, युएई । विभिन्न चालिस वटा संघसंस्थाहरुको संयुक्त आयोजनामा अबुधाबिको फोक्लोर थेएटर हलमा मे १२ मा २५६१ औं बुद्ध जयन्ती मनाइने भएको छ ।राष्ट्रिय बिभूती, शान्तिका अग्रदुत भगवान गौतम बुद्धको जन्मभूमी नेपालको पर्यटक प्रबर्द्धनसंगै अन्य देशले गौतम बुद्धको बारेमा छरेको भ्रम चिर्नको लागि यो कार्यक्रम आयोजना गर्न लागिएको कार्यक्रमका संयोजन सुरेन्ऽ थिङ तामाङले बताए ।

ई.पु. ५६३ मा राजा सुद्धोधन र आमा मायादेवीको कोखबाट नेपालको लुम्बिनीमा जन्मिएका गौतम बुद्धले २९ वर्षको उमेर गृह त्याग गरी तपस्या गरे पश्चात भारतको बोधगय

चिनिया राष्ट्रपतिले ट्रम्पसँग भेटबार्ता गर्ने

  उज्यालाे टुडे 2017-04-04

चैत २२, बेइजिङ / चीनका राष्ट्रपति सि जिनपिङ औपचारिक भ्रमणका लागि मङ्गलबार अपराहन्न बेइजिङबाट फिनल्याण्डतर्फ प्रस्थान गरेका छन् ।अमेरिकाको फ्लोरिडामा अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भेटबार्ता गर्ने कार्यतालिका समेत रहेको भ्रमणको सुरुमा उनी फिनल्याण्ड प्रस्थान गरेका हुन । फिनल्याण्डका राष्ट्रपति साउली निनिस्तो र अमेरिकाका राष्ट्रपति ट्रम्पको औपचारिक निमन्त्रणामा राष्ट्रपति सिले भ्रमण गर्न लागेकेा चीनको विदेश मन्त्रालयले यसअघि नै जनाएको थियो । राष्ट्रपति सिले अप्रिल ४ देखि ६ तारिखसम्म फिनल्याण्डको र ६ देखि ७ तारिखसम

© 2017, ujyalotoday.com , All Rights Reserved.